विद्युत् सर्ट हुँदा चैनपुरमा पसलमा आगलागी

चैत्र १०, २०८० |वसन्तप्रताप सिंह
विद्युत् सर्ट हुँदा चैनपुरमा पसलमा आगलागी

बझाङ । बझाङको सदरमुकाम चैनपुरको एक पसलमा आगलागी भएको छ । चैनपुर बजारमा रहेको चौराहा नजिकै रहेको दुई तले पक्की घरको भुइँ तलामा रहेको सर्जन थापाको सिलाई सेन्टरमा राति ११ बजे  विद्युत् सर्ट भएर आगलागी भएको हो ।

आगलागीबाट पसलभित्र रहेका सम्पूर्ण सामानहरु पूर्णरुपमा जलेर नष्ट भएका छन् । जयपृथ्वी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा राति नै आगो निभाइएको थियो । क्षतिको पूरा विवरण भने आउन भने बाँकी रहेको प्रहरीले जनाएको छ ।


Image

वसन्तप्रताप सिंह

सिंह कान्तिपुर टेलिभिजनका बझाङ संवाददाता हुन् ।