गुलाबका प्रजाति कति ? कस्तो गुलाबको महत्त्व के ?

फाल्गुन २, २०८० |श्रृजना बास्तोला
गुलाबका प्रजाति कति ? कस्तो गुलाबको महत्त्व के ?

काठमाडौं । भ्यालेन्टाइन डेमा मात्र नभएर अन्य समयमा पनि प्रेमी-प्रेमीका तथा आफूले प्रेम गरेको व्यक्तिलाई रातो गुलाब दिएर प्रेम व्यक्त गर्ने चलन छ । किनभने रातो गुलाबले साँचो र दीर्घकालीन प्रेमलाई इङ्‌गित गर्छ । 

यसले प्रेम प्रगाढतालाई मात्र नभएर अथाह प्रेम सम्बन्धलाई पनि दर्साउँछ । भनिन्छ- कसैप्रति सम्मान व्यक्त गर्न पनि रातो गुलाब प्रयोग गरिन्छ । त्यस्तै सेतो गुलाबको पनि आफ्नै महत्त्व छ । सेतो गुलाब शान्तिलाई प्रतिनिधित्व गर्छ । यसका साथै सत्यता र निर्दोषपनको अर्थ राख्छ । पहेँलो रंगको गुलाबले भने फ्रेन्डसिपको व्याख्या गर्छ । प्राय साथी-साथीमा पहेँलो गुलाब साटासाट गरिन्छ ।

रोचक त के छ भने पिंक अर्थात् गुलाबी गुलाबले पहिलो प्रेमको अर्थ राख्छ । यसका साथै यसले सम्बन्धको मिठासपन र प्रशंसालाई प्रतिबिम्बित गर्छ ।

निलो गुलाबले भने रहस्य तथा नयाँ सुरुवातको व्याख्या गर्छ भन्ने मान्यता छ । ब्ल्याक रोज अर्थात् कालो गुलाबको चर्चा पनि हामीले बेलाबखत सुन्ने गर्छौ । गाडा रातो रङ्ग अर्थात् ब्ल्याक रोजले भने घृणा र छुटिएको प्रेमलाई संकेत गर्छ ।

विश्वभर गुलाबका एक सयभन्दा बढी प्रजाति छन् भन्ने मान्यता छ । पछिल्लो समय त दुई रङ्गका गुलाबलाई ग्राफ्टिङ गरी थरी थरीका गुलाब उत्पादन गर्न थालिएको छ । नेपाली बजारमा रातो, बेबी पिंक, गाडा पिंक, सुन्तला, क्रिमलगायतका रङ्गका ग्राफ्टिङ गरेर बनाइएका गरी करिब १ दर्जन रङ्गका गुलाब पाइन्छन् ।


Image

श्रृजना बास्तोला

बास्तोला कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।