तस्बिरमा जेट लीको शान्ति प्रार्थना

माघ १४, २०८० |मनोज पौडेल
तस्बिरमा जेट लीको शान्ति प्रार्थना

कपिलवस्तु । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वचर्चित हलिउड अभिनेता जेट ली विश्व शान्तिको प्रार्थना गर्दै बसेका छन् ।

उनी बिहीबारदेखि लुम्बिनीमा सुरु भएको बुम्चोक पूजामा सहभागी बनेका हुन् । महायानीअन्तर्गत महागुरुको स्मृतिमा सुरु भएको पाँचदिने शान्ति पूजामा उनी बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बस्ने गरेका छन् ।

६१ वर्षीय ली चिनियाँ मार्सल स्टार, अभिनेता र फिल्म निर्मातासमेत हुन् । चीनको पाँचपटक उसु च्याम्पियन बनेका उनी अन्तर्राष्ट्रिय फिल्म स्टारका रुपमा विश्व चर्चित छन् । उनले सन् १९८२ मा चिनियँ फिल्म ‘साओलिन टेम्पल’ बाट आफ्नो अभिनय यात्रा आरम्भ गरेका थिए ।

सन् २००० को फिल्म ‘रोमियो मस्ट डाई’ उनको पहिलो हलिउड प्रोजेक्ट थियो । जेट लीको सबैभन्दा सफल चलचित्र लेथल वेपन-४ हो । जसले १३० मिलियन डलर कमाएको थियो । उनी सोमबारसम्मै लुम्बिनीमा पूजा गर्दै बस्ने बताइएको छ । बौद्ध धर्मावलम्बी उनी तिब्बतियन बुद्धिज्मका प्राक्टिसनरसमेत हुन् । धार्मिक यात्रामा आएका उनले केही प्रतिक्रिया दिए ।

हेरौं थप तस्बिर :


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।