झापाका रेल्वे प्रभावित भन्छन्- कि मुआब्जा चाहियो, कि हाम्रो जग्गा फुकुवा गरियोस्

पुस २४, २०८० |गणेशमान मुखिया
झापाका रेल्वे प्रभावित भन्छन्- कि मुआब्जा चाहियो, कि हाम्रो जग्गा फुकुवा गरियोस्

झापा । सरकारले परिकल्पना गरेको मेची महाकाली विद्युतीय रेलवेको काम अघि नबढ्दा अधिग्रहणमा परेका चार हजार घरधुरी प्रभावित छन् । पहिलो खण्ड अन्तर्गत झापाको काकरभिट्टादेखि सुनसरीको इनरुवासम्म १ सय ६ किलोमिटरमा परेका पाँच सय १२ हेक्टर जमिनमा पाँच हजार चार सय २४ कित्ता पर्छ ।

२०७७ सालमा रेलमार्गको योजना अगाडि बढाइएको भए पनि अहिलेसम्म काम सुरु भएको छैन । चार वर्षमा पनि रेलवे विभागले जग्गा अधिग्रहण, मुआब्जा निर्धारण तथा वितरण नगर्दा प्रभावितहरु अन्योलमा छन् ।

रेलमार्गले रोक्का भएको घर, जग्गाको मुआब्जा माग्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र

विस्तृत भिडियो रिपोर्टमा...


Image

गणेशमान मुखिया

मुखिया कान्तिपुर टेलिभिजनका झापा संवाददाता हुन् ।