संखुवासभा कारागारका वरिष्ठ हवल्दार मृत भेटिए

पुस १७, २०८० |दीपेन्द्र शाक्य
संखुवासभा कारागारका वरिष्ठ हवल्दार मृत भेटिए

संखुवासभा । जिल्ला कारागार खाँदबारीमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार डिकबहादुर तामाङ मृत फेला परेका छन् । इलाम घर भई खाँदबारी नगरपालिका-७ मा बस्दै आएका वरिष्ठ प्रहरी हवल्दार तामाङ आइतबार राति २ बजे ड्युटी सकेर सुतेका थिए ।

तामाङ सोमबार बिहान ५ बजे अचेत अवस्थामा भेटिएपछि उपचारका लागि जिल्ला अपस्पताल पुर्‍याइएको प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए । वरिष्ठ हवल्दार तामाङको जिल्ला अस्पताल भर्ना हुनु अघिनै मृत्यु भइसकेको जिल्ला अस्पतालले जनाएको छ । तामाङको परिवारले मृत्यु शंकास्पद भएको भन्दै घटनाको छानबिन गर्न माग गरेका छन् ।

घटनाको निष्पक्ष छानबिन नभएसम्म शव नबुझ्ने परिवारले अडान लिएका छन् । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अपस्पतालमा राखिएको छ । 


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।