काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुन नियुक्त भएकी छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज (बुधबार) बसेको कोषको सञ्चालक परिषद्को बैठकले पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघिका कार्यकारी निर्देशक घनश्याम खतिवडाको पदावधि पुस १ गते सकिएको थियो । पुनले भोलि (बिहीबार) पदभार ग्रहण गर्ने पशुपति क्षेत्र विकास कोषका प्रशासन प्रमुख रेवतीरमण अधिकारीले जानकारी दिए ।
यसका साथै परिषद् बैठकले पशुपति क्षेत्र परिषद्मा मदिरा बिक्री-वितरणमा बन्देज गर्ने निर्णय र पशुपति दर्शन तथा अवलोकनमा आउने दर्शनार्थी र पर्यटकहरुको सुरक्षाका लागि सुरक्षा पोस्टहरु निर्माण गर्नेसमेत निर्णय गरेको छ ।