लामजुराडाँडासम्म सम्पर्कमा थियो मनाङ एयरको हेलिकोप्टर

असार २६, २०८० |भानुभक्त निरौला
लामजुराडाँडासम्म सम्पर्कमा थियो मनाङ एयरको हेलिकोप्टर

सोलुखुम्बु । सोलुखुम्बुको लुक्ला नजिकै रहेको सुर्केबाट उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ ।

सुर्के हेलिप्याडबाट बिहान १० बजेर ५ मिनेटमा उडेको मनाङ एयरको नाइन एन- एएमभी कलसाइनको हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।

हेलिकोप्टर लामजुराडाँडासम्म सम्पर्कमा रहेको र काठमाडौं टावरलाई ह्याण्डओभर गर्नासाथ सम्पर्क विच्छेद भएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका एटीसी अफिसर सागर कँडेलले जानकारी दिए ।

हेलिकोप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए । उक्त हेलिकोप्टरमा क्याप्टेनबाहेक ५ जना विदेशी यात्रु रहेको एटीसी अफिसर कँडेलले कान्तिपुर टेलिभिजनलाई जानकारी दिए । हेलिकोप्टरको खोजी भईरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । 


Image

भानुभक्त निरौला

निरौला कान्तिपुर टेलिभिजन सोलुखुम्बु संवाददाता हुन् ।