महाकालीमा बगेका वृद्वको मृत्यु

माघ २५, २०७९ |मनोज बडू
महाकालीमा बगेका वृद्वको मृत्यु

दार्चुला । महाकाली नदीमा बुधबार दिउँसो बगेका एक वृद्धको जिल्ला अस्पतालमा मृत्यु भएको छ । महाकाली नगरपालिका २, पन्डोराका वीरसिंह बडालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

महाकाली नगरपालिका ४ स्थित रिंग्नेताल नजिकबाट बगेका वृद्धको करिब ४०० मिटर तल नदीमा बगिरहेको अवस्थामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेर जिल्ला अस्पताल पुर्‍याएका थिए ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अचेत अवस्थामा सुरक्षाकर्मीले उद्धार गरी बडाललाई जिल्ला अस्पताल पुर्‍याए पनि उपचारकै क्रममा उनको मृत्यु भएको छ । उनी कसरी महाकालीमा बगेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


Image

मनोज बडू

बडू दार्चुलास्थित कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement