ग्रामिण भेगमा पशु बिमा कार्यक्रम नाम मात्रको

असार ६, २०७९
ग्रामिण भेगमा पशु बिमा कार्यक्रम नाम मात्रको

गण्डकी प्रदेशको पर्वतमा पशु बीमा कार्यक्रम सुरु भएको झण्डै १५ वर्ष भयो । तर, क्षतिपूर्ति लिन देखिएको झन्झट्ले किसानहरु यसप्रति आश्वस्त हुन सकिरहेका छैनन् ।

विहादी गाउँपालिका ३ रानीपानीका बिष्णुप्रसाद उपाध्यायाले पशुबीमा गरेको १ बर्षमा गाइको मृत्यु भयो । बीमा वापतको क्षतिपुर्तिलाई कम्पनिमा धेरै पटक पुगेपनि अझै पाएका छैन्न । त्यस्तै कुस्मा छमर्केका सोम पुनले  पशु बीमा क्षतिपुर्तिको रकम लिन धेरै दुख झेलिरहेका छन् । 

यी त प्रतिनिधि पात्र मात्र हुन् । ६१ वटा वडा रहेको जिल्लामा पशु बीमा गरेका अधिंकाश मध्ये थोरैले मात्रै बिमा रकम पाउाने गरेका छन् । बिमा रकम नपाएकाहरु गुनोस बोकेर सरकारी कार्यालय र स्वंयम बीमा कम्पनीमा पुग्छन् ।

चालु आर्थिक वर्षदेखि गण्डकी प्रदेशको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विनियोजन गरेको ९० लाख रूपैयाा बजेटमार्फत् कार्यक्रम शुरु भएको हो । किसानहरुले पशुवस्तुको बीमा गरेबापत कत्ति पनि रकम तिर्नु पर्दैन । तर क्षतिपूर्ति रकम नपाउादा उनीहरु बीमाप्रति आश्वस्त हुन सकिरहेका छैनन् ।

पशुको मृत्यु भएको खण्डमा बीमामार्फत् राहत पाइने व्यवस्था छ ।  तर व्यवस्था अनुरुप किसानले क्षतिपूर्ति नपाउादा ग्रामीण भेगमा पशु बीमा कार्यक्रम प्रभावकारी हुन सकेको छैन ।