सेनाको घोडाले सडकमै उपद्रो मच्चाउँदा...

वैशाख १३, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
सेनाको घोडाले सडकमै उपद्रो मच्चाउँदा...

काठमाडौं । बेलायतको राजधानी लन्डनमा सेनाका घोडाले सडकमा आतंक मच्चाउँदा चारजना घाइते भएका छन् ।

नियमित अभ्यासका क्रममा रहेका सैन्य घोडा बिच्किएपछि भागदौड मच्चिएको हो ।

भागदौडका क्रममा घोडाले केही सवारीसाधनमा क्षति पुर्याउनुका साथै चार जनालाई घाइते बनाएका हुन् । घाइतेहरुको उपचार भइरहेको छ ।

लोमो प्रयासपछि ती घोडा नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएको घोडामध्ये एउटालाई गहिरो चोट लागेको छ ।

घटना लन्डनको मुख्य सडक अर्थात् बर्किङघम प्यालेसनजिकै भएको हो । सडक निर्माण भइरहेका बेला हो-हल्ला हुँदा ती घोडा बिच्किएको बताइएको छ ।

बेलायतस्थित हाउसहोल्ड क्याभलरीका ती घोडा शाही कार्यक्रममा सहभागी गराइन्छ । ती घोडालाई सहरसँग अभ्यस्त गराउन सडकमा लगिन्छ र अभ्यास गराइन्छ । प्रत्येक घोडामा एक सैनिक हुने गर्छ । तर, ती घोडा एक्कासि बिच्किँदा सवार सैनिकलाई लडाएर भागेको बताइएको छ ।