इजरायलको अनुमतिपछि गाजामा खाद्यान्न बोकेका ८ ट्रक

वैशाख ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
इजरायलको अनुमतिपछि गाजामा खाद्यान्न बोकेका ८ ट्रक

काठमाडौं । इजरायली सेनाले अश्दोद बन्दरगाहबाट गाजापट्टीमा खाद्य बोकेका ट्रकहरू प्रवेश गरेको जनाएको छ ।

इजरायली सरकारले सहायता ढुवानी गर्न बन्दरगाह खोल्ने अनुमति दिएपछि बुधबार पहिलोपटक अश्दोद बन्दरगाहबाट गाजापट्टीमा खाद्य ट्रकहरू प्रवेश गरेको हो ।

इजरायलली सेनाले प्यालेस्टिनी एन्क्लेभ र तेल अबिबबीचको भूमध्यसागरको तटमा रहेको अश्दोद बन्दरगाहमा गाजा जान तयार राखिएका खाद्यान्न सहायता बोकेको ट्रकहरू देखाइएको भिडियो जारी गरेको छ ।

इजरायली सेनाले जारी गरेका विज्ञप्तिअनुसार बुधबार विश्व खाद्य कार्यक्रमअन्तर्गत आठ ट्रकहरू अश्दोद बन्दरगाहबाट गाजापट्टीमा प्रवेश गरेका छन् । ट्रकको बन्दरगाहमा सुरक्षा जाँचपछि इजरायली नियन्त्रित केरेम शालोम क्रसिङ हुँदै गाजातर्फ लागेको इजरायली सेनाले विज्ञप्तिमा उल्लेख गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement