सातवटा प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

माघ २५, २०७९ |कान्तिपुर टीभी संवाददाता
सातवटा प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौं । वाग्मती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले प्रदेशका सातवटा प्रादेशिक अस्पतालहरुलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

बुधबार एक कार्यक्रमकाबीच प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले सातवटा प्रादेशिक अस्पताललाई एक-एकवटा सुविधासम्पन्न (ख) वर्गको एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । प्रदेशको बकुलहर अस्पताल रत्ननगर, रामेछाप अस्पताल, मेथिनकोट अस्पताल काभ्रे, वज्रबाराही चापागाउँ अस्पताल ललितपुर, भक्तपुर अस्पताल, टोखा चण्डेश्वरी अस्पताल काठमाडौं, पशुपति चौलागाई स्मृति अस्पताल दोलखालाई एक-एकवटा एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

प्रतिएम्बुलेन्सको लागत मूल्य ५२ लाख ९० हजार रुपैयाँ रहेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाले जनाएको छ । सातवटा एम्बुलेन्स खरिदमा जम्मा तीन करोड ७० लाख ३० हजार रुपैयाँ खर्च भएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.