मेडिकल काउन्सिलको परीक्षामा एमबीबीएसतर्फ ८६३ र बीडीएसतर्फ २२२ जना उत्तीर्ण

माघ १५, २०७९ |नारायण किलम्बू
मेडिकल काउन्सिलको परीक्षामा एमबीबीएसतर्फ ८६३ र बीडीएसतर्फ २२२ जना उत्तीर्ण

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षामा ४७ दशमलव २१ प्रतिशत अर्थात् एक हजार ९१ जना उत्तीर्ण भएका छन् ।

काउन्सिलले चार दिन लगाएर लिएको परीक्षामा एमबीबीएसमा १८ सय ३९ परीक्षार्थीमध्ये ८ सय ६३ अर्थात ४७ दशमलव ११ प्रतिशत पास भएका छन् ।

त्यसैगरी बीडीएसतर्फ ४ सय ८२ परीक्षार्थी मध्ये २ सय २२ अर्थात ४७ दशमलव ६० प्रतिशत उत्तीर्ण भएको मेडिकल काउन्सिलका रजिस्ट्रार कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

परीक्षामा सहभागी २३ सय २१ परीक्षार्थीमध्ये १४ सय विद्यार्थी पटक-पटक परीक्षामा सहभागी भएकाले यतिधेरै फेल भएको काउन्सिलले जनाएको छ ।

परीक्षा दिएकामध्ये स्वदेशमै अध्ययन गरेका ६० प्रतिशत र भारत, चीन, बंगलादेश, पाकिस्तानलगायत देशमा अध्ययन गरेका ४० प्रतिशत विद्यार्थीको सहभागिता थियो ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement