उपनिर्वाचन नतिजा : इलाममा एमालेका नेम्वाङ २ हजार बढी मतले अगाडि

वैशाख १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
उपनिर्वाचन नतिजा : इलाममा एमालेका नेम्वाङ २ हजार बढी मतले अगाडि

काठमाडौं । इलाम-२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उप निर्वाचनको मत गणनामा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । अहिलेसम्मको मत गणनामा नेम्वाङ नेपाली कांग्रेसका डम्बर खड्काभन्दा २ हजार ६ सय १८ मतले अगाडि रहनुभएको छ । 

एमालेका नेम्वाङले ८ हजार ८ सय ९८ मत ल्याउनुभएको छ भने कांग्रेसका खड्काले ६ हजार २ सय ८० मत ल्याउनुभएको हो । यस्तै स्वतन्त्रका डेकेन्द्रसिंह थेगिमले ४ हजार ६ सय ३४ र रास्वपाका मिलन लिम्बुले १ हजार ३ सय ५ मत ल्याउनुभएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.