इलाम २ मतपरिणाम अपडेट : कांग्रेस भन्दा एमाले एक हजार एक मतले अगाडि

वैशाख १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
इलाम २ मतपरिणाम अपडेट : कांग्रेस भन्दा एमाले एक हजार एक मतले अगाडि

इलाम । प्रतिनिधिसभा सदस्यअन्तर्गत इलाम-२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । एमालेका सुहाङ नेम्वाङले निरन्तर अग्रता कायम गर्दै आउनु भएको छ । पछिल्लो अपडेट अनुसार नेम्वाङ कांग्रेसका उम्मेदवार डम्बर खड्काभन्दा एक हजार एक मतले सबै भन्दा अगाडि हुनुहुन्छ ।

डम्बर खड्काले २ हजार ७८२ मत ल्याउँदा सुहाङ नेम्वाङले ३ हजार ७८३ मत ल्याउनु भएको छ । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ७८४ मत प्राप्त गर्नु भएको छ भने रास्वपाका मिलन लिम्बुले ६६१ मत ल्याउनु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.