नयाँ शैक्षिक सत्र शुरु भइसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेनन्

जेष्ठ ११, २०७९
नयाँ शैक्षिक सत्र शुरु भइसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेनन्

नयाँ शैक्षिक सत्र शुरु भएको एक साता भइसकेको छ । विद्यालय तहको पाठ्यपुस्तक छपार्इको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले ४ देखि १० कक्षासम्मका २८ लाख विद्यार्थीका लागि १ करोड ९८ लाख थान पाठ्यपुस्तक छपार्इ गर्नुपर्छ । तर केन्द्रले अहिलेसम्म १ करोड ६० लाख थान मात्र पुस्तक छापेको छ । अझ ५, ६ र ८ कक्षाको ३५ लाख थान पुस्तक त छापेकै छैन । छापिसकेको पुस्तकसमेत कुनै पनि जिल्‍लामा पुगेको छैन । निर्वाचनमा कर्मचारीहरु खट्नुपर्दा पुस्तक छपाइ र बितरणमा ढिलाइ भएको जिकीर गर्ने जनक शिक्षाले सोमबारदेखि बल्ल बिक्रीविरतण शुरु गरेको छ । 

सानो ठिमीसहित जनकशिक्षाका नौवटा डिपोमा पाठ्यपुस्तक बिक्रीवितरण र ढुवानी गर्न व्यवसायीको भिड लागेको छ । जनक शिक्षाले छापिसकेका पुस्तक पहाडमा ५ दिन, तरार्इमा दुर्इ दिन र हिमाली क्षेत्रका जिल्लामा १० दिनभित्र पुयाइसक्ने बताएको छ ।  पढार्इ शुरु भइसक्दा पनि विद्यार्थीले पुस्तक नपाउँदा शिक्षक–विद्यार्थीमा समस्या परेका छन् । 

निर्वाचनका लागि मतपत्रको छपार्इ, ठेकेदारले कागज आपूर्तिमा गरेको ढिलार्इलगायतका कारण ४० लाख अर्थात् २० प्रतिशत पाठ्यपुस्तक छपार्इमा ढिलार्इ भएको हो । बाँकी पुस्तकको छपार्इ तीव्र पारेर सबै विद्यार्थीको हातमा एक महिनाभित्र पुयार्इसक्ने दाबी केन्द्रको छ । 

विद्यार्थीको पढार्इ शुरु भैसक्दा पनि विभिन्न बाहनमा पाठ्यपुस्तक छपाइ र वितरणमा हुने ढिलार्इ स्वीकार्य मानिँदैन ।


Enter Kantipur TV HD
Advertisement