लगानी सम्मेलनमा १ सय ४८ आयोजनालाई लगानीयोग्य सूचीमा राख्ने सरकारको तयारी

वैशाख ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
लगानी सम्मेलनमा १ सय ४८ आयोजनालाई लगानीयोग्य सूचीमा राख्ने सरकारको तयारी

काठमाडौं । तेस्रो लगानी सम्मेलन सुरु हुन ९ दिन बाँकी रहँदा लगानी बोर्डले निजी क्षेत्र, स्थानीय तह, प्रदेश र विभिन्न निकायले प्रस्ताव गरेका १ सय ४८ वटा आयोजनालाई लगानीयोग्य सूचीमा राख्ने तयारी गरेको छ ।

सम्भाव्यता तथा पूर्वसम्भाव्यता अध्ययन, वातावरणीय मूल्यांकन अध्ययन, लागत, डीपीआर जस्ता अध्ययन भए/नभएको गरी ७ वर्गमा विभाजन गरेर आयोजनाहरूलाई लगानीयोग्य सूचीमा राख्ने बोर्डको तयारी छ । ती आयोजनामध्ये २० वटाको मात्रै अध्ययन पूरा भएको छ । जुन आयोजनालाई सोलिसिटेसन आयोजना भनिन्छ । २० वटा आयोजनामध्ये १२ वटा आयोजना लगानी बोर्डले अगाडि सारेको हो भने ८ वटा आयोजना अन्य निकायबाट प्रस्तावित हुन् । 

२० वटा आयोजनामा २ सय २१ अर्बको चन्द्रागिरी-चित्लाङ-पालुङ-चितवन द्रुतमार्ग, २ अर्ब ३५ करोडको जनकी हेरिटेज होटेल, १० अर्ब २ करोडको बबरमहल प्रशासनिक भवन र ३ सय शय्याको धुलिखेल मेडिसिटी हस्पिटल लगायत आयोजनामा लगानी सम्मेलनमा ब्रेक थ्रू हुने बोर्डको दाबी छ । यस्तै ३ अर्ब ७० करोडको पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, १ अर्ब ५७ करोडको पाँचखाल सेज, ८ अर्ब ६० करोडको दैजी औद्योगिक क्षेत्रको पनि सम्झौता हुनसक्ने बोर्डले बताएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement