काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई हजार एक सय रूपैयाँले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो । बिहीवार प्रतितोला एक लाख २७ हजार नौ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आजका लागि एक लाख ३० हजार रूपैयाँ निर्धारण गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीवार प्रतितोला एक लाख २७ हजार तीन सय रूपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख २९ हजार चार सय रूपैयाँ निर्धारण गरिएको छ ।
यस्तै चाँदीको मूल्यसमेत वृद्धि भएको छ । बिहीवार प्रतितोला एक हजार पाँच सय १० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार पाँच सय २५ रूपैयाँ पुगेको छ ।