जुटका बोरामा समेत नेपालको गरिबी, स्थानीय उत्पादन नहुँदा महँगोमा आयात

माघ ७, २०८० |रमा दाहाल
जुटका बोरामा समेत नेपालको गरिबी, स्थानीय उत्पादन नहुँदा महँगोमा आयात

झापा । हुन त कुनैबेला नेपालको पूर्वी भागलाई जुटको पर्याय नै मानिन्थ्यो । सम्भावना हुँदाहुँदै पनि नेपालका अधिकांश जुट मिल बन्द भए । मिलहरू धमाधम बन्द भएसँगै तराई क्षेत्रबाट सनपाट खेती लोप हुने अवस्थामा पुगेको छ । तर त्यसबाट बनेका जुटका बोराको माग भने अहिले पनि घटेको छैन । 

धान, गहुँजस्ता कृषि उपज र बीउ बिजन भण्डारणका लागि जुटका बोरा चाहिने हुँदा नेपाली उपभोक्ता भारत र बंगलादेशबाट आयातित पुराना र मक्किएका बोरा प्रयोग गर्न बाध्य छन् । 

नेपालका अधिकांश जुट मिल बन्द भएपछि यसरी भारत र बंगलादेशबाट ल्याइएका पुराना जुटका बोरा प्रयोग गर्नुपरेको छ । फाट्टफुट्ट पाइने नयाा बोरा गोटाको ३ सय भन्दा बढी पर्ने भएकाले उपभोक्ता च्यातिएका र मक्किएका बोरा टालेर धानलगायतका कृषि उपज भण्डारण गर्छन् । 

कृषि ज्ञान केन्द्रका अधिकारीहरू भने नयाँ पुस्ताका किसानले बिर्सिसकेको पाटाखेती प्रवर्द्धन गर्न यो वर्षदेखि पुनः कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताउँछन् । 


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।