आजका मुख्य समाचार,
* आगलागी र डढेलोले बस्ती र जंगल सखाप हुँदा पनि मन्त्रिपरिषद् बैठकमा एजेन्डासमेत बनेन / स्थानीय तहको कार्यक्षेत्र भन्दै केन्द्र र प्रदेश सरकार रमिते ।
* राजनीतिक दलको सदस्य भएकै आधारमा कारबाही गरे शिक्षामन्त्रीको कुर्सी नै हल्लाइदिने शिक्षक नेताहरुको धम्की / नेपालीपन झल्किने नामकरण गर्न निजी विद्यालयको अटेरी ।
* नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष / कम्युनिस्ट नेताहरु विचार र सिद्धान्तभन्दा सत्ता स्वार्थमा लिप्त / वाम आन्दोलन नै कमजोर ।
* जेलबाट निजी चिकित्सकसँग परामर्श लिन पाउनुपर्ने दिल्लीका मुख्यमन्त्री केजरीवालको माग अदालतद्वारा अस्वीकार / एम्सका विशेषज्ञ चिकित्सकहरुको टोली बनाउन आदेश ।
* साउन ११ गतेदेखि हुने पेरिस ओलम्पिकको तयारी भव्य / पेरिसका मात्रै १५ ठाउँमा २१ खेल तय / सय वर्षपछि सेन नदीमा ट्रायथलन र पौडी ।