हेटौंडा-कुलेखानी-काठमाडौं सडक खण्डको स्तरोन्नतिको काम सुस्त, यात्रुलाई सास्ती (भिडियो)

माघ २०, २०८० |बालकृष्ण अधिकारी
हेटौंडा-कुलेखानी-काठमाडौं सडक खण्डको स्तरोन्नतिको काम सुस्त, यात्रुलाई सास्ती (भिडियो)

हेटौँडा । घुमाउरो, साँघुरो र जीर्ण सडकका कारण सवारी दुर्घटनाको उच्च जोखिम रहेको हेटौंडा-कुलेखानी-काठमाडौं सडक खण्डको चार वर्षअघि स्तरोन्नति सुरु गरियो । पहिले सर्वसाधारणले मात्रै उपयोग गर्ने यो छोटो दूरीको सडकमा भीआईपीहरूले समेत यात्रा गर्न थालेपछि बागमती प्रदेश सरकारले यसको स्तरोन्नतिको काम थालेको हो । तर सडक निर्माण कार्य सुस्तगतिमा हुँदा यहाँ यात्रा गर्ने सबैले सास्ती झेल्नु परेको छ ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।