‘नेपालमा भ्रष्टाचारका काण्डहरू किन पानीको फोकाझैँ आउने र जाने मात्रै गर्छन् ?’

जेष्ठ २, २०८० |विकास थपलिया
‘नेपालमा भ्रष्टाचारका काण्डहरू किन पानीको फोकाझैँ आउने र जाने मात्रै गर्छन् ?’

नक्कली भुटानी शरणार्थी प्रकरण बाहिरिएसँगै भ्रष्ट्राचारका पुराना प्रकरण र फाइल के हुन्छ भन्ने बहस सुरु भएको छ । बहालवाला सांसद, सचिव, पूर्वगृहदेखि पूर्वउपप्रधानमन्त्रीको संलग्नताको विषय सदनदेखि सडकसम्म अहिले चर्चामा छ ।

भ्रष्टाचारको चर्चा यो पहिलो भने होइन । राजनीतिक परिवर्तनपछिका ३६ वर्ष हामी भ्रष्टाचारको लगातार चर्चा मात्रै गरिरहेका छौँ । तर कारबाहीमा भने ठूला नेता पर्ने गरेका छैनन् ।

पञ्चायतकलामा गलैँचा काण्ड, गाई काण्ड, ४६ सालको परिवर्तनपछि लाउडा प्रकरण, मेलम्ची खानेपानीको भ्रष्टाचार, सुडान घोटाला जस्ता ठूला काण्ड । ६२/६३को जनआन्दोलनपछि व्यवस्था परिवर्तन भयो तर सुशासनमा प्रश्नै प्रश्न छन् ।

ललिता निवास जग्गा प्रकरण, ओम्नी प्रकरण, त्यसअघि वाइड बडी विमान खरिद प्रकरण र यति होल्डिङस् सम्म ठूला नेताको नाम मुछिएका छन् । ३३ किलो सुन प्रकरण त्यत्तिकै सेलायो भने माओवादी लडाकुको रकममा भ्रष्टाचार भएको भन्दै अख्तियारमा परेको उजुरी अलपत्र छ ।

कृष्णबहादुर महराले सांसद खरिदका लागि चिनियाँसँग पैसा मागेको अडियो र सुरक्षा प्रिन्टिङ प्रेसमा रकम मोलतोल गरेको गोकुल बाँस्कोटाको कमिसन डिल युट्युबमै सीमित छ ।

त्यति मात्रै होइन, बूढी गण्डकी जलविद्युत आयोजनामा शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालले ९ अर्ब रुपैयाँ बाँडेर खाएको एक जना पूर्वप्रधानमन्त्रीले नै सार्वजनिक रूपमै बोले ।

यस्ता भ्रष्टाचार काण्डहरू पानीको फोका झैँ आउने र जाने मात्रै भएका छन् । के अब भ्रष्टाचारका फाइल खुल्छन् ? नक्कली शरणार्थी प्रकरणको पटाक्षेप कसरी होला ? नागरिक तहबाट सुरु भएको भ्रष्टाचारविरुद्धको अभियानबाट राज्य कति दबाबमा ?

यिनै विषयमा कुरा गर्न आज हामीले स्टुडियोमा निम्त्याएका छौँ–

सर्वोच्च अदालतका पूर्वन्यायाधीश, बलराम केसी

वरिष्ठ अधिवक्ता, श्रीहरि अर्याल

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी अध्यक्ष, पद्मिनी प्रधानाङ्ग


Image

विकास थपलिया

थपलिया कान्तिपुर टेलिभिजनमा समाचार प्रस्तोता एवं कार्यक्रम सञ्चालकका रुपमा कार्यरत छन् ।