सूचना र प्रविधि क्षेत्रलाई बजेटमा प्राथमिकता : मन्त्री शर्मा

वैशाख ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
सूचना र प्रविधि क्षेत्रलाई बजेटमा प्राथमिकता : मन्त्री शर्मा

काठमाडौं । सरकारले आगामी बजेटमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्ने जनाएको छ ।

युवा पलायन रोक्न, देशभित्रै रोजगारी सिर्जना गर्न र स्वतन्त्र रुपमा सफ्टवेयर निर्यात गर्नसक्ने भएकाले सूचना प्रविधि क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको हो ।

सूचना प्रविधि क्षेत्रका अन्तर्राष्ट्रिय प्रतिनिधिसँगको आइतबार भएको भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालबाट गत आर्थिक वर्षमा मात्रै ६७ अर्ब बराबरको सफ्टवेयर निर्यात भएको बताउनुभयो ।

देशभित्रै रोजगारी सिर्जना गर्न र युवा पलायन रोक्न पनि सरकारले आगामी नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखेको सञ्चारमन्त्रीको भनाइ छ ।

मन्त्री शर्माले प्रविधि र प्रणालीहरुको सुरक्षित र जवाफदेही प्रयोगका लागि आवश्यक कानुन निर्माणलाई तीव्रता दिएको पनि जानकारी दिनुभयो । सूचना प्रविधि उद्योगमार्फत रोजगारी सिर्जनाका साथै अर्थतन्त्रलाई सुदृढ गर्नुपर्ने उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement