काठमाडौं । कुशल भुर्तेलले वेस्ट इन्डिज 'ए'को दोस्रो विकेट लिएका छन् । दशौं ओभरको अन्तिम बलमा जोन्सन चाल्सलाई क्याच आउट गराएका हुन् । चाल्सले ३० बलमा ५८ रन बनाएर आउट भए ।
यसअघि प्रतिश जिसीले दोस्रो ओभरको पहिलो बलमा एलिक एथान्जेलाई क्याच आउट गराएका थिए । वेस्ट इन्डिज ए अहिले १० ओभरमा २ विकेट गुमाएर १०१ रन बनाएर खेलिरहेको छ ।