काठमाडौं । इंग्लिस प्रिमियर लिग (ईपीएल)मा गएराति आर्सनलले चेल्सीलाई ५-० ले हराएको छ। आर्सनलको इमिरेट्स रंगशालामा भएको खेलमा पाहुना टोली चेल्सी फराकिलो अन्तरले पराजित भएको हो।
इतिहासमा नै चेल्सीविरुद्ध सबैभन्दा फराकिलो जित दर्ता गर्ने क्रममा आर्सनलका बेन वाइट र कई हभाट्र्जले समान दुई-दुई गोल गरेका थिए। खेलको चौथो मिनेटमा नै डेक्लान राइसले दिएको पासमा लियान्द्रो ट्रोसार्डले गोल गरेका थिए। गोलका अवसर सिर्जना गरे पनि आर्सनलले पहिलो हाफमा थप गोल गर्न सकेन। दोस्रो हाफको ५२ औं मिनेटमा चेल्सीका लागि बेनले गोल गरेका हुन्।
बुकायो साकाको पासमा बेनले गोल गर्न सफल भए। हभाट्र्जको गोलका लागि मार्टिन ओडेगार्डले पास उपलब्ध गराएका थिए। यो हारसँगै चेल्सीको प्रिमियर लिगमा आठ खेलको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ। चेल्सी ३२ खेलबाट ४७ अंकसाथ लिगको नवौं स्थानमा छ। ७७ अंक बनाएको आर्सनल अहिले प्रिमियर लिगको शीर्षस्थानमा छ। दोस्रो स्थानको लिभरपुलको ७४ तथा तेस्रो स्थानको सिटीको ७३ अंक छ।
प्रिमियर लिगमा आज उल्भ्सले बर्नमथको सामना गर्नेछ भने क्रिस्टल प्यालेसले न्युकासलको सामना गर्नेछ । आजै म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा शेफिल्ड युनाइटेडसँग खेल्नेछ।