एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपालले आज यूएईसँग खेल्दै

वैशाख ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपालले आज यूएईसँग खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले आज यूएईसँग खेल्दै छ । नेपाल समूह एको विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । यूएई भने समूह बीको उपविजेताका रूपमा सेमिफाइनल पुगेको हो । नेपाल र यूएईबीचको खेल अहिले बिहान ११ : ४५ मा हुँदैछ ।

समूह चरणको पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रन तथा तेस्रो खेलमा हङकङलाई ८ विकेटले हराएको थियो । यस्तै समूहको अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको थियो ।

 आजै हुने अर्को सेमिफाइनल खेलमा ओमन र हङकङ भिड्दैछन् । ओमन र हङकङबीचको खेल ४ : ४५ बाट सुरु हुनेछ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement