गोल्डेन एथलेटिक्स मिटको महिला ५ हजार मिटरमा धादिङकी सन्तोषीलाई स्वर्ण

माघ २३, २०७९ |कान्तिपुर टीभी संवाददाता
गोल्डेन एथलेटिक्स मिटको महिला ५ हजार मिटरमा धादिङकी सन्तोषीलाई स्वर्ण

काठमाडौं । एथलेटिक्स परिवार नेपालको आयोजना भएको गोल्डेन एथलेटिक्स मिटअन्तर्गत महिला ५ हजार मिटरमा धादिङकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न ५ हजार मिटर दौडमा सन्तोषीले निर्धारित दूरी १७ मिनेट ३७ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । यसै स्पर्धामा पुलिसकी राममाया बुढाले १८ मिनेट ४४ सेकेन्डको समय निकाल्दै दोस्रो र पुलिसकै रेखा विष्ट १८ मिनेट ४५ सेकेन्डको समय निकाल्दै तेस्रो बनिन् ।

यस्तै ५ हजार मिटर पुरुष दौडमा एपीएफका सञ्जीव नेपाली पहिलो भए । उनले निर्धारित दूरी १५ मिनेट ५३ दशमलव ०३ सेकेन्डमा पूरा गरे । पुलिसका सन्तोषनाथ योगी १५ मिनेट ५६ दशमलव ०६ सेकेन्डको समय निकाल्दै दोस्रो र पुलिसकै प्रकाश सिंह १६ मिनेट ०२ सेकेन्डको समयको साथ तेस्रो भए ।

पुरुष दुई समय मिटर दौडमा एपीएफका शिवराज पार्कीले २२ दशमलव ३७ सेकेन्डको समय निकाल्दै पहिलो बने । एपीएफकै नीरप्रताप महतोले २२ दशमलव ८१ सेकेन्डको समयमा दोस्रो र काठमाडौंका अरुण महतो २३ दशमलव ०५ सेकेन्डको समय निकाल्दै तेस्रो बने । महिला स्पर्धामा दाङकी निशा चौधरी २५ दशमलव ७१ सेकेन्डको समय निकाल्दै पहिलो बनिन् । एपीएफकी रमिताकुमारी थारुले २६ दशमलव ७२ सेकेन्डको समय निकाल्दै दोस्रो र पुलिसकी लक्ष्मी साउदले २८ दशमलव ४६ सेकेन्डको समय निकाल्दै तेस्रो बनिन् ।

पुरुष ८ सय मिटर दौडमा पुलिसका तेजबहादुर कार्की १ मिनेट ५८ दशमलव ४ सेकेन्डको समय निकाल्दै पहिलो बने । पुलिसका नागेश्वर ऐर १ मिनेट ५८ दशमलव ९ सेकेन्डको समयमा दोस्रो र सुदूरपश्चिमका कुशल जैशी २ मिनेट ०३ दशमलव ९ सेकेन्डको समय निकाल्दै तेस्रो बने । महिला ८ सय मिटरमा एपीएफकी फूलमती राना २ मिनेट २३ दशमलव ५ सेकेन्डको समय निकाल्दै पहिलो, एपीएफकै आशा रावत २ मिनेट २९ दशमलव ३ सेकेन्डको समय निकाल्दै दोस्रो र सीमा चौधरी २ मिनेट ३२ दशमलव ४ सेकेन्डको समय निकाल्दै तेस्रो बनिन् ।

पुरुष ट्रिपल जम्पमा एपीएफका सलिम देवान १३ दशमलव ४८ सेन्टिमिटरको दूरी पार गर्दै पहिलो बने । एपीएफकै चन्द्रदेव जोशी १३ दशमलव ४५ सेन्टिमिटरको दूरी तय गर्दै दोस्रो र रामकुमार लामिछाने १३ दशमलव ३५ सेन्टिमिटरको दूरी तय गर्दै तेस्रो बने । महिला स्पर्धामा पुलिसकी सीमा चौधरी १० दशमलव २९ मिटरको दूरी पार गर्दै पहिलो बनिन् । एपीएफकी इनजीता राई ९ दशमलव ८६ सेकेन्डको दुरी पार गर्दै दोस्रो र पुलिसकी सुमित्राकुमारी चौधरी ९ दशमलव ५४ मिटरको दुरी तय गर्दै तेस्रो बनिन् ।

ज्याभलिन थ्रो पुरुषमा एपीएफका रमेश पोखरेल पहिलो बने । उनले ५२ दशमलव ५५ सेन्टिमिटरको दूरीमा थ्रो गरे । एपीएफकै मनोज डन्गुरा दोस्रो र पुलिसका पुस्कल खड्का तेस्रो बने ।

महिला स्पर्धामा चन्द्रकला लाम्घादे ४२ दशमलव १३ सेन्टिमिटरको दुरीमा थ्रो गर्दै पहिलो बनिन् । एपीएफकी सीमाकुमारी थारु दोस्रो र वसन्ती चौधरी तेस्रो बनिन् ।

पुरुष सटपुटमा पुलिसका पुस्कल खड्का ११ दशमलव ७४ को दुरी पार गर्दै पहिलो बने । पुलिसकै रुपेश भण्डारी दोस्रो र एपीएफका मिलन चौधरी तेस्रो बने । महिला स्पर्धामा पुलिसकी चन्द्रकला लाम्घादे ११ दशमलव ९७ मिटरको दुरी तय गर्दै पहिलो बनिन् । पुलिसकै वसन्ती चौधरी दोस्रो र गोरखाकी मञ्जु गुरुङ तेस्रो बनिन् । चार गुणा चार सय मिटर मिक्स रिलेमा एपीएफको टिम च्याम्पियन बन्यो । लुम्बिनी प्रदेशको टिम दोस्रो र नेपाल पुलिस क्लवको टिम तेस्रो बन्यो ।

दुईदिने प्रतियोगितामा पुलिसका तेजबहादुर कार्की र लुम्बिनी प्रदेशकी निशा चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिए । प्रतियोगितामा विभागीयसहित तीन सय खेलाडीले सहभागिता जनाएका थिए । पदक विजेता खेलाडीलाई राखेप सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement