विश्वकप : स्पेन दोस्रो जितको खोजीमा, जर्मनी पुनरागमन गर्न आतुर

मंसिर ११, २०७९
विश्वकप : स्पेन दोस्रो जितको खोजीमा, जर्मनी पुनरागमन गर्न आतुर

दोहा । कतार विश्वकपमा आज लगातार दोस्रो जितको खोजीमा रहेको स्पेन र पुनरागमनको प्रयासमा रहेको जर्मनी आमनेसामने हुँदैछन् । यो खेल नेपाली समयानुसार पौने एक बजे अल बायत रंगशालामा हुनेछ ।

अघिल्लो चरणमा प्रवेश गर्ने हो भने जर्मनीलाई जित्नैपर्ने दबाब छ । यदि आज स्पेनसँग पराजय व्यहोरे लगातार दोस्रो संस्करणमा जर्मनी समूह चरणबाटै बाहिरिनेछ । चार पटकको च्याम्पियन जर्मनीले २०१८ मा ८० वर्षको इतिहासमै सबैभन्दा चाँडो बहिर्गमन व्यहोरेको थियो । अहिले कतारको दोहामा पनि अवस्था त्यस्तै देखिन्छ ।

हान्जी फ्लिकको नेतृत्वमा रहेको जर्मनीले गत बुधबार समूहको आफ्नो पहिलो खेलमा जापानसँग दुई एक गोलको पराजय व्यहोरेको थियो । स्पेनले कोष्टारिकालाई ७–० गोलले हराउँदै प्रतियोगितामा शानदार सुरुवात गरेको थियो ।

गाभीसहित युवा खेलाडीहरुले उत्कृष्ट प्रदशर्न आज पनि कायमै राख्ने विश्वास प्रशिक्षक लुइस इन्रिकेको छ । उपाधि दाबेदार मध्येको एक स्पेनले आज जित निकाले अन्तिम १६ मा स्थान पक्का गर्नेछ । त्यसअघि सोही समूह अन्तगर्त दिउँसो पौने चार बजे अहम्मद विन अलि रंगशालामा कोष्टरिका र जापानले प्रतिस्पर्धा गर्नेछन् । यो खेलमा जित हात पारे तथा स्पेनले जर्मनीलाई हराएको खण्डमा जापान अघिल्लो चरणमा प्रवेश गर्नेछ ।

यता कोष्टारिका पहिलो खेलमा व्यहोरेको लज्जास्पद पराजयपछि खेलमा फर्कन चाहन्छ । अफ्रिकी मुलुक कोष्टारिकाका प्रशिक्षक लुइस स्वारेजले जापानविरुद्धको खेलमा पुनर्जीवन पाउने गरि गल्ती सच्याउँदै अघि बढ्ने बताए । 


Enter Kantipur TV HD
Advertisement