ओलीको आरोप- रास्वपा प्रियतावादी र कांग्रेस परम्परागत दक्षिणपन्थी

एमाले महाधिवेशन प्रतिनिधि परिषद्‌ बैठकमा ६ वटा प्रतिवेदनमाथि छलफल
कम्युनिस्ट घटकबीचको ध्रुवीकरणमा जोड
२५ सय परिषद् सदस्य सहभागी
वैशाख ८, २०८१ |अवतार राई
ओलीको आरोप- रास्वपा प्रियतावादी र कांग्रेस परम्परागत दक्षिणपन्थी

काठमाडौं । नेकपा एमालेले दशौं महाधिवेशनको साढे दुई वर्षपछि महाधिवेशन प्रतिनिधि परिषद्‌को बैठक गरेको हो । बैठकमा अध्यक्ष, महासचिवसहितका ६ वटा प्रतिवेदनमाथि छलफल भइरहेको छ । सहभागीहरुले सरकारको काम प्रभावकारी बनाउन र कम्युनिस्ट घटकबीचको ध्रुवीकरणमा जोड दिनुपर्ने सुझाव दिएका छन् ।

दशौं महाधिवेशनको साढे दुई वर्षपछि भएको परिषद् बैठक मूलत: तीन तहका चुनाव, संघ र प्रदेश सरकारका समीकरण र पछिल्लो राजनीतिक परिस्थितिमा केन्द्रित छ । अध्यक्ष केपी ओलीले

प्रस्तुत गरेको- दलहरुबीचको भूमिका, राजनीतिक परिस्थिति र पार्टीको संगठन संरचना मजबुत बनाउनेसम्बन्धी राजनीतिक प्रतिवेदनमा झन्डै २५ सय परिषद् सदस्यहरुले छलफल गरिरहेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बताउनुहुन्छ ।

परिषद्का सदस्यहरुले सरकारमा सहभागी दलका हिसाबले एमालेले जनजीविकाका सवालमा प्रभावकारी रुपमा काम गर्नुपर्ने बताएका छन् । नागरिकमा निराशा चुलिएका बेला आशाको सञ्चार प्रवाह गर्न पनि संघ, प्रदेश र स्थानीय तहका सरकारलाई जनजीविकाका मुद्दामा केन्द्रित गराउनुपर्ने दशौं महाधिवेशनमा सहभागी एमाले नेता राजकुमार लेखीको सुझाव छ ।

बामघटकहरुको वर्चश्व रहेको वर्तमान सत्ता समीकरणलाई ध्यान दिँदै अन्तत: एकतासम्म पुगेर कम्युनिस्ट एकताको सन्देश दिनुपर्ने पनि कतिपय सदस्यको सुझाव छ ।

नेपाली नागरिक सहकारी, मिटरब्याज, लघुवित्तजस्ता समस्याबाट प्रताडित छन् । दैनिक सयौं युवा विदेशिने क्रम रोकिएको छैन । यो परिस्थितिमा जनजीविकाका सवालमा पार्टीले ठोस योजना लिएर समाधानका प्रयत्नमा जोड दिए मात्र पार्टी बलियो बन्ने महाधिवेशन प्रतिनिधि परिषद् सदस्यको बुझाइ छ ।

यो पनि...

सत्ता सहकार्यलाई दिगो, परिणाममुखी र सफल बनाउन एमाले केन्द्रित हुन्छ : ओली

अरु दलमाथि प्रश्न उठाउने नैतिक आधार कांग्रेससँग छैन : ओली

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक जारी, अध्यक्ष ओलीको राजनीतिकसहित ६ प्रतिवेदन पेस


Image

अवतार राई

राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement