जब पुष्पकमल दाहाललाई आफू हेपिएको लाग्यो...

फाल्गुन २२, २०८० |जे पाण्डे
जब पुष्पकमल दाहाललाई आफू हेपिएको लाग्यो...

बाँके । नयाँ सत्ता गठबन्धन निर्माणको जग के हो ? माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको गतिशील चरित्र मात्रै यसको कारण हो ? विश्लेषक भन्छन्- यो दाहाल र अन्य दलको राजनीतिक अस्तित्वमाथिको प्रश्नका कारण जन्मिएको गठबन्धन हो ।

नयाँ सत्ता गठबन्धन निर्माण भएको दिन सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौंमा एक कार्यक्रममा प्रतिक्रियावादीले आफूलाई उपयोग गर्नै नसक्ने दाबी गरे । ‘उपयोग गर्न खोजे कुनै पनि बेला लात्ताले हानेर निस्किन सक्छु,’ प्रधानमन्त्री दाहालले भने ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले आफूलाई कसैले उपयोग गर्न नसक्ने बताइरहँदा उनी आफू भने अरुलाई आफ्नोअनुकूल प्रयोग गर्न माहिर छन् । सशस्त्र विद्रोहकालदेखि शान्तिपूर्ण राजनीतिमा आएदेखि नै उनी आफ्नो स्वार्थका लागि कुनै पनि शक्तिलाई प्रयोग गर्न पछि पर्दैनन् । सत्ता गठबन्धनको परिवर्तनलाई विश्लेषकले दाहालको त्यही चरित्रको परिणामका रुपमा अर्थ्याएका छन् ।

राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर भन्छन्, ‘प्रधानमन्त्रीभन्दा पनि माथि अर्को प्रधानमन्त्री भएको वा हेपिएको फिल भएको हुनसक्छ । मैले चिनेअनुसार त्यस्तोमा उनी नयाँ पार्टनर खोज्न तयार हुन्छन् ।’

१४ महिनामा दाहालले फेरे ३ सहयात्री

दाहालले आफूलाई कसले प्रयोग गर्न चाहेको हो भन्ने कुरा त बताएका छैनन् । समयक्रममा उनले त्यसबारे बताउलान् नै । तर एमालेलगायत दलको साथमा दाहालले लिएको पछिल्लो कदमले देशको राजनीतिलाई थप अन्योलग्रस्त बनाइदिएको राजनीतिक विश्लेशक जनार्दन आचार्य बताउँछन् ।

एमालेभित्रको सत्तामुखी प्रवृत्तिलाई पनि साबिकको गठबन्धन विघटन हुनुको कारकका रुपमा अर्थ्याइएको छ । अर्कोतर्फ नयाँ गठबन्धनमा सामेल दलहरुको अस्तित्वको संकटले पनि भूमिका खेलेको कतिपयको विश्लेषण छ ।

केन्द्रमा नयाँ सत्ता गठबन्धन बन्दा प्रदेश र स्थानीय तहका नेता कार्यकर्ता भने उति उत्साहित देखिएका छैनन् । यसले पनि नयाँ गठबन्धनको भविष्य कति लामो रहन्छ भन्नेमा संशय सुरु भइसकेको छ ।

यो पनि...

१४ महिनामा दाहालले फेरे ३ सहयात्री

ओली-दाहाल मिलाप : फेरि एउटै ककपिटमा

सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको निर्णय

नयाँ गठबन्धन कति टिक्छ ? (खिमलाल भट्टराईसँग कुराकानी)

केन्द्रीय गठबन्धन परिवर्तनको बाछिटा प्रदेशमा, लुम्बिनीमा गर्ने भनिएको शिखर सम्मेलन रोकियो

केन्द्रको नयाँ सत्ता गठबन्धनले प्रदेशमा पनि हलचल, कस्तो बन्ला समीकरण ?

‘गठबन्धन भत्किने बन्ने, जनतालाई भने हर्ष न बिस्मात’

यी हुन् पल्टुराम...

आलोपालो सरकार चलाउने माओवादी-एमालेबीच सहमति


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।