एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि

माघ २२, २०७९ |कान्तिपुर टीभी संवाददाता
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बैठक शनिबारदेखि ललितपुरको बालकुमारीमा शुरु भएको हो ।

शनिबारको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन र महासचिव वेदुराम भुषालले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए । सोही प्रतिवेदनमा आज पनि छलफल हुँदैछ ।

केन्द्रीय सदस्यलाई १० समूहमा विभाजन गरी अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमा छलफल थालिएको छ ।

अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीति, चुनावी समीक्षा र पार्टी संगठनको अवस्थाबारे प्रतिवेदनमार्फत् छलफल खुला गरिएको छ ।

पार्टी अध्यक्ष नेपालले पेस गरेको प्रतिवेदनमा शेरबहादुर देउवा र पुष्पकमल दाहालबीच गठबन्धन टुट्नुमा चारवटा कारण औँल्याइएको छ ।

२५ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा आम निर्वाचनपछि अप्रत्याशित रुपमा नयाँ परिस्थिति निर्माण भएको र त्यसका पछाडि चार कारढ रहेको अध्यक्ष नेपालको भनाइ छ ।

१. निर्वाचनबाट ठूलो दल बनेपछि नेपाली कांग्रेसमा शक्तिको घमण्ड बढ्नु ।

२. नेपाली कांग्रेससँग सहशी सूचना नहुनु र उसले गलत सूचनामा विश्वास गर्नु ।

३. केपी ओलीले उपर्युक्त वाम– लोकतान्त्रिक गठबन्धनलाई जसरी तोडिछाड्ने उद्येश्य राखेर चालबाजीपूर्ण कदम चाल्नु ।

४. माओवादी केन्द्रको सत्ताकेन्द्रित सोच र आफूलाई लाभ हुने भएपछि विचार, नीति, सिद्धान्त, दृष्टिकोण र सहयात्री साथीहरु सबै त्यागेर हिँड्ने प्रवृत्ति ।

बैठक आज सक्ने तयारी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement