
हेटौंडा । प्रतिनिधि सभाको निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतम विजयी हुनुभएकाे छ ।
हेटौंडा उपमहानगरपालिका-५ सिँचाइ टोलका गौतमले ३६ हजार ३३ सय मत प्राप्त गरेर विजयी हुनुभएकाे हाे । उहाँको निकट्तम प्रतिद्वन्दी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले १४ हजार ३८ मत ल्याउनुभयाे । २१ हजार ९ सय ९५ सय मतको अन्तरले गौतम निर्वाचित हुनुभएकाे हाे । सुरूवात देखिनै उहाँले अग्रता लिनुहुँदै आउनुभएकाे थियाे । ३७ वर्षीय गौतमले पहिलो संसदीय यात्रामा नै विजय हात पार्न सफल हुनुभयाे ।
हेटौंडा उपमहानगरपालिका-६ चुच्चेखोलामा जन्मिएका गौतम केही वर्षदेखि हेटौंडा-५ मा बस्दै आउनुभएकाे छ । काठमाडौंबाट स्नातक उत्तिर्ण गरेका गौतम होटल व्यवसायी हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाटै राजनीतिक यात्रा सुरू गरेका गौतम राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका कावा सभापति हुनुहुन्छ । प्रतिनिधि सभाको निर्वाचनको पुर्वसन्ध्यामा पार्टी सभापति भरत पराजुली कांग्रेसमा प्रवेश गरेपछि कावा सभापतिको जिम्मेवारी उहाँले सम्हाल्नुभएकाे थियाे । यसअघि उहाँ पार्टीको उपसभापति हुनुहुन्थ्याे ।