डडेलधुरामा मतगणना जारी

फाल्गुन २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
डडेलधुरामा मतगणना जारी

डडेल्धुरा । डडेल्धुरामा मतगणना जारी छ।

पछिल्लो अपडेटअनुसार ३४ हजार १०१ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार ताराप्रसाद जोशी अग्रस्थानमा हुनुहुन्छ । उहाँले १३ हजार ४६४ मत प्राप्त गर्नुभएकाे छ । नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरले ८ हजार ७ सय २७ मत ल्याउनुभएकाे छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार मानसिंह मालले ६ हजार २ सय ४० मत प्राप्त गर्नुभएकाे छ भने नेकपा एमालेका उम्मेदवार चक्रप्रसाद स्नेहीले २ हजार ४ सय १४ मत पाउनुभएकाे छ ।

हालसम्म १ हजार ९ सय ३८ मत बदर भएको छ। जोशी र महरबीच ४ हजार ७ सय ३७ मतान्तर रहेको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.