डोटीमा नेपाली कांग्रेस विजयी

फाल्गुन २३, २०८२ |रासस
डोटीमा नेपाली कांग्रेस विजयी

डोटी । एकमात्र निर्वाचन क्षेत्र रहेको डोटीमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का निर्वाचित हुनुभएको छ ।

उहाँले १४ हजार ८ सय ९७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयले राससलाई जानकारी दिनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दीपकबहादुर धामीले १४ हजार ११० मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र खड्काले १३ हजार २ सय ७० मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार त्रिलोचन भट्टले पाँच हजार ४ सय १३ मतमा सीमित हुनुभएको छ ।