सुनसरी-१ मा हर्क साम्पाङको अग्रता

फाल्गुन २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुनसरी-१ मा हर्क साम्पाङको अग्रता

धरान । सुनसरी निर्वाचन क्षेत्र नं. १ को पछिल्लो मतगणना परिणामअनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई (साम्पाङ) अग्रस्थानमा हुनुहुन्छ।

सुनसरी-१ का निर्वाचन अधिकृत दिव्यराज घिमिरेको कार्यालयका अनुसार हालसम्म १९ हजार ३ सय ३० मत गणना सकिँदा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ७ हजार ८ सय १३ मत प्राप्त गर्नुभएकाे छ । उहाँले निकटतम प्रतिद्वन्द्वीभन्दा १ हजार ९ सय ४२ मतको अग्रता बनाउनुभएकाे हाे।

सुरूआती चरणमा अग्रता लिनुभएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सरिन तामाङ (गोमा) ले ५ हजार ८ सय ७१ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहनुभएकाे छ। त्यस्तै तेस्रो स्थानमा नेपाल कम्युनिष्ट पार्टीका मनोज भट्टराई रहनुभएकाे छ । उहाँले १ हजार ४ सय ७३ मत प्राप्त गर्नुभएकाे छ।

यसैगरी नेकपा एमाले (सूर्य) का टिकाराम लिम्बूले १ हजार २ सय १४ मत प्राप्त गर्नुभएकाे छ भने नेपाली कांग्रेसका सुजेन्द्र गोले तामाङले १ हजार ९३ मत पाउनुभएकाे छ। राप्रपाका उद्धव श्रेष्ठले ४ सय २६ मत प्राप्त गर्नुभएकाे छ भने उज्यालो नेपाल पार्टीका डम्बर लावतीले १ सय ६६ मत पाउनुभएकाे छ ।

सहायक निर्वाचन अधिकृत वेदप्रसाद सापकोटाका अनुसार हालसम्म खसेको मतमध्ये १९ हजार ३ सय ३० मत गणना भइसकेको छ। त्यसमध्ये १८ हजार ३ सय ३१ मत सदर भएको छ भने ९ सय ९९ मत बदर भएको उहाँले जानकारी दिनुभएकाे छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.