
ढोरपाटन (बागलुङ) । बागलुङ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोम शर्मा विजयी हुनुभएको छ । उहाँले १२ हजार ६ सय ४७ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
उहाँका निकटतम प्रतिस्प्रर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८ सय ६८ मत प्राप्त गर्नुभएको छ । एमालेकी मञ्जु चालिसेले सात हजार ८ सय ६४ र नेपाली कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरेले १० हजार ७०९ मत प्राप्त गर्नु भएको छ ।