ललितपुर–१ रास्वपाका महर्जन विजयी

फाल्गुन २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
ललितपुर–१ रास्वपाका महर्जन विजयी

पाटन (ललितपुर) । ललितपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बुद्धरत्न महर्जन २३ हजार ३ सय ७३ मतका साथ विजयी हुनुभएको छ । निर्वाचन अधिकृत सर्वोच्च अदालतका उपरजिष्ट्रार ईशा सुवेदीका अनुसार रास्वपाका महर्जनले नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर राणालाई ९ हजार ८ सय ५३ मतले पछि पार्दै जित हासिल गर्नुभएको हो ।

प्रतिस्पर्धी उम्मेदवार राणाले १३ हजार ५ सय २० मत प्राप्त गर्नुभएको छ । त्यस्तै ६ हजार ५ सय ४६ मत प्राप्त गरी नेकपा (एमाले)का उम्मेदवार चेतनाथ सञ्जेलले तेस्रो स्थान हासिल गर्नुभएको छ ।

यस क्षेत्रमा निर्वाचन क्षेत्रमा कूल ७७ हजार ७ सय ३७ मतदाता रहेकामा ५२ हजार ६ सय ३२ मत खसेको थियो । खसेको मतमध्ये दुई हजार ४९ मत बदर भएको छ । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा २८ जना उम्मेदवार बन्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.