काठमाडौं-६ र ८ मा रास्वपाका शिशिर खनाल र विराजभक्त श्रेष्ठ विजयी

फाल्गुन २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं-६ र ८ मा रास्वपाका शिशिर खनाल र विराजभक्त श्रेष्ठ विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी हुनुभएकाे छ । 

निर्वाचन अधिकृत कार्यालयकाअनुसार खनालले २७ हजार ७ सय १९ मत प्राप्त गर्नुभएकाे छ । २०७९ मा पनि उहाँ सोही क्षेत्रबाट निर्वाचित हुनुभएकाे थियाे । उहाँको निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कृष्ण बानियाँ 'सबुज'ले ६ हजार ६ सय ४७ मत प्राप्त गर्नुभएकाे छ । एमाले उम्मेदवार अमन मास्के ४ हजार ३ सय ७३ मतसहित तेस्रो हुनुभएकाे छ । 

काठमाडौं-६ मा ४३ हजार ८ सय ६८ मत खसेको थियो । निर्वाचन आयोगले भने औपचारिक घोषणा गरेको छैन । 

यस्तै काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ दोस्रो पटक विजयी हुनुभएकाे छ । उहाँले २४ हजार ५ सय ९२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा उम्मेदवार सुमन सायमीले ३ हजार २ सय १७ मत ल्याउनुभएकाे छ । कांग्रेस उम्मेदवार सपना राजभण्डारी २ हजार ८ सय ३५ मत ल्याएर तेस्रो हुनुभयाे । एमाले उम्मेदवार राजेश शाक्य १ हजार ९ सय ९ मत ल्याएर चौथो हुनुभयाे ।

२०७९ को निर्वाचनमा पनि श्रेष्ठ सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उहाँ केही समय युवा तथा खेलकुदमन्त्रीसमेत बन्नुभएकाे थियाे । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.