हुम्लामा साँझ पाैने ८ बजेबाट मतगणना सुरू हुने

फाल्गुन २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
हुम्लामा साँझ पाैने ८ बजेबाट मतगणना सुरू हुने

हुम्ला । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत हिमाली जिल्ला हुम्लामा शुक्रबार साँझ पाैने ८ बजेबाट मतगणना सुरू हुने भएको छ। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै मतदान केन्द्रबाट मतपेटिका सुरक्षित रूपमा सङ्कलन गरी सदरमुकाम सिमकोट ल्याइसकिएकाले निर्धारित समयदेखि मतगणना प्रक्रिया सुरू गर्न तयारी पूरा गरिएको हो। मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय, सिमकोट मा सर्वदलीय सहमतिअनुसार सञ्चालन गरिने जनाइएको छ। 

मतगणनाका लागि आवश्यक व्यवस्थापन, सुरक्षा प्रबन्ध तथा गणनास्थलको तयारी पूरा भइसकेको छ। जिल्लाभरि रहेका मतदान केन्द्रहरूबाट प्राप्त मतपेटिकाहरू नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा सुरक्षाबीच सङ्कलन गरी ल्याइएको थियो। मतगणनास्थल वरिपरि पनि सुरक्षा व्यवस्था कडा पारिएको छ।

शुक्रबार बिहानदेखि सम्पन्न मतदानमा जिल्लाभर करिब ६५ प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको छ। अब सुरू हुने मतगणनासँगै हुम्लाको प्रतिनिधि सभा सदस्यको अन्तिम परिणामतर्फ जिल्लाबासीको चासो बढेको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.