
डोल्पा । हिमाली जिल्ला डोल्पाका सबै मतदान केन्द्रबाट मतपेटिका ढुवानी सकिएको छ ।
जिल्लामा स्थायी र अस्थायी गरी तोकिएका सबै ७० वटै मतदान केन्द्रबाट दुई दिन लगाएर मतपेटिका संकलन गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय दुनैमा ल्याइएको प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिनुभयाे ।
उपल्लो डोल्पाका २३ मतदान केन्द्रबाट मतपेटिका ओसार्नकालागि पाँचवटा हेलिकप्टर प्रयोग गरिएको थियो। भौगोलिक रूपमा अत्यन्तै विकट तथा सडक सञ्जालको पहुँच बाहिर रहेका उपल्लो डोल्पाका मतदान केन्द्रबाट शुक्रबार दिनभर हेलिकप्टरमार्फत मतपेटिका सदरमुकाम ल्याइएको प्रजिअ हमालको भनाइ छ ।
मतपेटिका संकलनकार्य सम्पन्न भइसकेकाले मतगणनाकालागि सर्वदलीय बैठक बस्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।