
भोजपुर । भोजपुर जिल्लामा जारी मतगणनाको पहिलो प्रारम्भिक परिणाम सार्वजनिक भएको छ।
प्राप्त मतपरिणाम अनुसार श्रम संस्कृति पार्टीका ध्रुवराज राई ४ सय ६७ मतसहित अग्रस्थानमा रहनुभएकाे छ। उहाँलाई पछ्याउँदै नेकपा (एमाले)का शेरधन राई ४ सय ६० मतसहित दोस्रो स्थानमा रहनुभएकाे छ भने नेपाली कांग्रेसका बालकृष्ण थापा ३ सय ७० मतसहित तेस्रो स्थानमा हुनुहुन्छ।
प्रारम्भिक मतपरिणामअनुसार रास्वपाका रमेश ओझाले २ सय ७१ मत पाउनुभएकाे छ भने नेपाली कम्युनिष्ट पार्टीका अजम्बर राई काङमाङले १ सय ८६ मत पाउनुभएकाे छ । मतगणना जारी छ । जिल्लाभर जम्मा ५८ हजार १ सय ६७ मत खसेकाे हो ।