नुवाकोट- २ मा रास्वपाका उम्मेदवार अचुत्तम लामिछानेले अग्रता कायमै

फाल्गुन २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
नुवाकोट- २ मा रास्वपाका उम्मेदवार अचुत्तम लामिछानेले अग्रता कायमै

नुवाकोट । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अचुत्तम लामिछानेले अग्रता कायमै रहेको छ ।

मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यकोअनुसार बेलकोटगढी नगरपालिकाको वडा नं १, २, ३, ४, ५, ६, ९, १०, ११, १२ र १३ को गणना सम्पन्न हुँदा रास्वपाका लामिछानेले ६ हजार ८ सय ६३ मत प्राप्त गर्नुभएको छ । सुरूवातदेखि नै उहाँले लिनुभएको अग्रता फराकिलो बनाउँदै लग्नुभएकाे छ । लामिछानेको अग्रता अहिले ३ हजार १ सय ८९ मत रहेको छ ।

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार जगदीश्वरनरसिंह के.सीले ३ हजार ६ सय ७४ मत र नेकपा (एमाले)का उम्मेदवार केशवराज पाण्डे २ हजार ८ सय ४९ मत प्राप्त गर्नुभएकाे छ । यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार हिरानाथ खतिवडा १ हजार ९ सय ७४ मत प्राप्त गर्नुभएकाे छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.