मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

फाल्गुन २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

काठमाडौं । हिमाली जिल्ला मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका युवा उम्मेदवार योगेश गौचन थकाली विजयी हुनुभएकाे छ। 

निकटतम प्रतिद्वन्दी एमालेका इन्द्रधारा विष्टलाई फराकिलो मतान्तरले पछि पार्दै २९ वर्षीय गौचनले विजय बन्नुभएकाे हाे । सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार गौचनले ३ हजार ३ सय ७ मत प्राप्त गरी विजयी हुनुभएकाे हाे । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का विष्टले १ हजार ८ सय ६ मत मात्र प्राप्त गर्नुभयाे। गौचनले विष्टलाई १ हजार ५ सय १ को भारी मतान्तरले पराजित गर्नुभएकाे हाे । 

गाैचन विघटित प्रतिनीधि सभाका कान्छा सदस्य हुनुहुन्थ्याे । योगेश गौचन थकाली नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुनुहुन्छ। लामो समय मुस्ताङको राजनीतिमा बर्चस्व कायम गरेका रोमी गौचनले आफू पछाडि हटेर छोरा योगेशलाई चुनावी मैदानमा उतारेका थिए। बाबुको राजनीतिक विरासत थाम्ने चुनौतीका साथ राजनीतिमा होमिएका अविवाहित योगेशले लगातार देस्राे सफलता प्राप्त गर्नुभएकाे हाे ।

नेपाली कांग्रेसको गण्डकी प्रदेश समिति सदस्य तथा महाधिवेशन प्रतिनिधि समेत रहेका उहाँ पार्टीभित्र पनि युवा पुस्ताको आशालाग्दो अनुहार मानिन्छन्। राजनीतिमा आउनुअघि योगेश सफल व्यवसायीका रूपमा चिनिनुहुन्थ्याे। विजनेस म्यानेजमेन्टमा स्नातक गरेका उहाँले पोखरामा 'त्रिथुङ्गा ट्राभल्स एन्ड टुर्स' को प्रबन्ध निर्देशक भएर पनि काम गर्नुभएकाे थियाे। मुस्ताङको थासाङ गाउँपालिका-३, लेतेका गाैचन कस्थय होटल व्यवसाय समेत हुनुहुन्छ।

शिक्षित र व्यावसायिक पृष्ठभूमिबाट आएका गौचनले चुनावी अभियानका क्रममा मुस्ताङको पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासलाई मुख्य एजेन्डा बनाउनुभएकाे थियाे।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.