बागलुङका दुवै क्षेत्रमा रास्वपाको अग्रता

फाल्गुन २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
बागलुङका दुवै क्षेत्रमा रास्वपाको अग्रता

बागलुङ । बागलुङका दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाले अग्रता लिएको छ । क्षेत्र नंं १ मा दुई हजार २ सय ५५ मत गणना हुँदै गर्दा रास्वपाका शुसील खड्काले एक हजार १ सय ३७ मत प्राप्त गर्नुभएकाे छ। नेपाली कांग्रेसका भिमबहादुर श्रीस रानाले ५ सय २५ र नेकपा एमालेका हिराबहादुर खत्रीको ३ सय ९५ मत छ । त्यसैगरी क्षेत्र नं २ मा रास्वपाकै सोम शर्माले तीन हजार २सय ७८ ल्याउँदै गर्दा नेपाली कांग्रेसका टेकराज पौडेलले दुई हजार ४ सय ८१ मत ल्याउनुभएकाे छ । नेपाली कम्युनिष्ट पार्टीका ज्ञाननाथ गैरेले भने एक हजार ७ सय ६७ मत ल्याउनुभएकाे छ । अहिले सम्म यस क्षेत्रमा नौ हजार ९ सय ८६ मत गणना गरिएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जानकारी दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.