
म्याग्दी । म्याग्दी निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिनुभएका महावीर पुनले मतान्तर बढाउँदै अग्रता कायम राख्नुभएकाे छ ।
धवलागिरी गाउँपालिका र मालिका गाउँपालिकाका ४ वडासम्मको मतगणना गर्दा महावीर पुनले ३ हजार ७ सय ४० मत पाएर फराकिलो अग्रता लिनुभएकाे छ ।
एमालेका हरिकृष्ण श्रेष्ठले १ हजार ५ सय २८ मतले ल्याउनुभएकाे छ । नेकपाका अर्जुन थापाले १ हजार ३ सय २० र कांग्रेसका कर्णबहादुर भण्डारीले १ हजार २ सय ८७ मत पाउनुभएकाे छ ।