काभ्रे-१ मा गौतमको सुरुवाती अग्रता

फाल्गुन २२, २०८२ |पुजन धिताल
काभ्रे-१ मा गौतमको सुरुवाती अग्रता

काभ्रे । काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गत महाभारत गाउँपालिकाका केही वडाको जारी मतगणनामा तारा चुनाव चिन्हका उम्मेदवार दिनानाथ गौतमले सुरूवाती अग्रता लिनुभएकाे छ।

हालसम्म गणना सम्पन्न भएका महाभारत गाउँपालिका वडा नं. १, ३, ५, ६ र ७ को मतपरिणाम कम्पाइल गर्दा गौतमले प्रतिस्पर्धी उम्मेदवारहरूभन्दा उल्लेख्य मतान्तरले अग्रता कायम गर्नुभएकाे हाे।

प्राप्त विवरणअनुसार तारा चिन्हले २ हजार १ सय ५८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसको रूख चिन्हले १ हजार २ सय ३० मत पाएको छ। त्यस्तै नेकपा एमालेको सूर्य चिन्हले ६०५ मत, राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्हले १ सय ६९ मत प्राप्त गरेको छ।

यसैगरी उज्यालो नेपालको चिम चिन्हले १ सय १८ मत, माटो चिन्हले ५ मत तथा एक स्वतन्त्र उम्मेदवारले १ मत प्राप्त गरेका छन्। हालसम्मको गणनामा १ सय १४ मत बदर भएको छ। महाभारत गाउँपालिकाका अन्य वडाहरूको मतगणना भने जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

प्रारम्भिक नतिजामा गौतमले अग्रता लिएको भए पनि अन्तिम परिणाम आउन भने बाँकी नै रहेको छ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।