मकवानपुर-१ मा रास्वपा अगाडि

फाल्गुन २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
मकवानपुर-१ मा रास्वपा अगाडि

मकवानपुर । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले नै सुरूवाती अग्रता लिएको छ । 

हेटौंडा उपमहानगरपालिकाको २ नम्बर वडाको ३ हजार ४ सय ४८ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतमले १ हजार ८ सय ४७ मत प्राप्त गर्नुभएकाे छ । यस्तै नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले ६ सय ५४ तथा नेकपा एमालेका रामेश्वर रानाले २८५ मत प्राप्त गर्नुभएकाे छ । यस्तै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विजय गौतमले ९५ मत प्राप्त गर्नुभएकाे छ । यो कांग्रेस उम्मेदवार डिनाको वडा हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.