बारा जिल्लाका चारवटै क्षेत्रमा रास्वपाको अग्रता, मतगणना जारी

फाल्गुन २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
बारा जिल्लाका चारवटै क्षेत्रमा रास्वपाको अग्रता, मतगणना जारी

बारा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता लिएका छन् ।

चारवटै निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जानकारी अनुसार बारा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार गणेश धिमालले ७ हजार ८ सय २३ मत प्राप्त गर्दै अग्रता कायम गर्नुभएकाे छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शम्भु बहादुर बुढाथोकीले २ हजार ४ सय ४३ मत पाएका छ भने नेकपा एमालेका अच्युत मैनालीले १ हजार ६ सय ७३ मत प्राप्त गर्नुभएकाे छ ।

यसैगरी बारा निर्वाचन क्षेत्र नम्बर २ मा पनि रास्वपाका उम्मेदवार चन्दन कुमार सिंह अग्रस्थानमा हुनुहुन्छ। उहाँले हालसम्म ७ सय ३२ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका बलबीर चौधरीले ५ सय ९० मत प्राप्त गर्नुभएकाे छ भने जनता समाजवादी पार्टी नेपालका उम्मेदवार रामकिशोर यादवले ४ सय २५ मत प्राप्त गर्नुभएकाे छ ।

बारा निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार इन्जिनियर अरविन्द साह उल्लेखनीय मतान्तर सहित अघि गर्नुभएकाे छ । उहाँले हालसम्म ११ हजार ६ सय ४० मत प्राप्त गर्नुभएकाे छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका फरमुल्लाह मंसुरले २ हजार ५ सय ९८ मत पाउनुभएकाे छ  भने जनता समाजवादी पार्टी नेपालका उम्मेदवार रामबाबु कुमार यादवले १ हजार १८ मत प्राप्त गर्नुभएकाे छ ।

त्यसैगरी बारा निर्वाचन क्षेत्र नम्बर ४ मा पनि रास्वपाका उम्मेदवार रहबर अन्सारीले ४ हजार ८ सय ७३ मत प्राप्त गर्दै अग्रता कायम गर्नुभएकाे छ । नेपाली कांग्रेसका उम्मेदवार श्यामबाबु गुप्ताले ७ सय ९० मत प्राप्त गर्नुभएकाे छ भने नेकपा एमालेका किसान श्रेष्ठले ७ सय ४१ मत पाउनुभएकाे छ ।

यस पटक बारा जिल्लाका चारै निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका ६३ जना तथा ४७ जना स्वतन्त्र गरी कुल ११० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । निर्वाचन आयोगका अनुसार जिल्लाभर करिब ७० प्रतिशत मत खसेको अनुमान गरिएको छ ।

हाल सबै निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी रहेको र अन्तिम परिणाम आउन अझ केही समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.