
काभ्रे । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत अहिले काभ्रेका दुवै क्षेत्रमा प्रत्यक्षतर्फकाे मतगणना सुरू भएको छ ।
काभ्रे क्षेत्र नं १ मा केहीबेर अघि मतगाणना सुरू भएको हो भने काभ्रे क्षेत्र नं. २ मा तीनवटा वडाको मतगाणना सम्पन्न भइसकेको छ । काभ्रे-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाका उम्मेदवार बदनकुमार भण्डारीले अग्रता कायम गर्नुभएकाे छ । धुलिखेल नगरपालिका वडा नं. १, २ र ३ को मतगणना भइसक्दा उहाँले नेकपा (एमाले)का उम्मेदवार आशोककुमार व्याञ्जूलाई ४ सय ९५ मतले पछि पारेका छन् ।
भण्डारीले १ हजार ५ सय ३५ मत ल्याएका छन् भने व्याञ्जूले १ हजार ४० मत ल्याएका छन् । तेस्रो स्थानमा रहनुभएका नेपाली कांग्रेसका उम्मेदवार मधुप्रसाद आचार्यले ५ सय ५३ मत ल्याउनुभएकाे छ । यस्तै उज्यालो नेपाल पार्टीकी ज्योत्सना सैंजूले २ सय ३४ र नेकपाका बसुन्धरा हुमागाईंले १ सय ७५ मत प्राप्त गरेका छन् । तीनवटा वडामा कुल ३ हजार ६ सय ३२ मत सदर हुँदा २ सय २४ मत बदर भएको छ ।
काभ्रे क्षेत्र नं २ अन्तर्गत अहिले धुलिखेल ४, ५ र ६ नंवर वडाको मतगणना भइरहेको छ । यो क्षेत्रमा धुलिखेल नगरपालिका १ देखि ७ नम्बरसम्मका वडा रहेका छन् ।