
काठमाडौं । सरकारले विभिन्न राजनीतिक दल तथा सरोकार भएकाहरूसँग वार्ताका लागि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ ।
साेमबार बसेको मन्त्रिपरिषद् बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाको संयोजकत्वमा समिति गठन गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले साेमबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिनुभयो ।
समितिको सदस्यमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहनुभएको छ ।